परराष्ट्रमन्त्री साउदले लिए शपथ, राज्यमन्त्रीमा नन्दा चपाई



काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (आइतबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई परराष्ट्र राज्यमन्त्री नियुक्त भएकी छन् । चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए ।