गुल्मीमा जीप दुर्घटना : सहचालकको घटनास्थलमै मृत्यु, चालक घाइते



गुल्मी । गुल्मीमा बुधबार राति जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका –२ दर्लिङ्गबाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को जीप दर्लिङ्गको खल्टिङ्ग खोलामा दुनाममा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सह–चालक बाग्लुङको बडिगाड गाउँपालिका–९ बल्गास निवासी १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोही ठाउँ निवासी चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् केसीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । बुधबार राति जीप एक्कासी ब्रेक फेल भएर सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।