एसीसी कप : टस हारेर कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै छ । त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।


समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।