ए डिभिजन लिगमा जावलाखेल र एपीएफको जित



काठमाडौँ । ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब विजयी भएको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले विभागीय क्लब नेपाल पुलिसलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै जावालखेलले १० खेलमा २० अंक बनाएको छ भने पराजित भएको पुलिस १० खेलमा ५ अंकसहित पुछारमा रहेको छ । पुलिसको यो सातौं हार हो भने शीर्ष स्थानको जावलाखेलको छैटौं जित हो ।


त्यसैगरी बुधबारै भएको अर्को खेलमा मछिन्द्र क्लबवमाथि विभागीय क्लब एपीएफले जित दर्ता गरेको छ । एपीएफले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अंक थप्न सफल भयो ।

एपीएफको जितमा अर्माण्डल बियोङले गोल गरेका थिए । उनले ३९ औं मिनेटमा नविन लामाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै एपीफले जित निकाल्न सफल भयो । जितसँगै एपीएफ १४ अंकका साथ आठौं स्थानमा उक्लदा १३ अंक रहेको र पराजित भएको मछिन्द्र नवौं स्थानमा झरेको छ ।