बारा । बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।
कलैस्थित शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनामा अहिलेसम्म उपेन्द्रले २२३ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछाइरहेका छन् । कुशवाहाले १७० र पौडेलले १६६ मत प्राप्त गरेका छन् ।
हालसम्म ६७० मत गणना भइसक्दा रास्वपाका रमेश खरेलले भने ८० मत ल्याएका छन् । यस्तै प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणा ज्ञवालीले १२ मत प्राप्त गरेकी छन् ।
अहिले करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाको मतगणना भइरहेको छ ।