चितवन-२ को मतगणना सुरू



चितवन । चितवनमा मतगणना सुरु भएको छ ।  दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएपनि एक घण्टा ढिलो गरी मतगणना सुरु भएको हो ।

गणना सुरु भएसँगै सयौँ समर्थक, शुभेच्छुक र दलका कार्यकर्ताको मतगणनास्थलमा भीड लागेको छ। १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ।