मिटरब्याज पीडितको माग दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको आग्रह



काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आग्रह गरेको छ ।

बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आएका मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशील साझाले आग्रह गरेको हो ।


विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटाले बुधबार विज्ञप्ति निकालेर उनीहरूको माग दिगो रूपमा सम्बोधन गर्न सम्बन्धित पक्षसँग आग्रह गरेकी हुन् ।