बेलायतद्वारा शरणार्थीलाई सैन्य अखडामा राख्ने योजना सार्वजनिक



बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल घटाउनका लागि बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने र भविष्यमा डुङ्गा तथा बार्जको प्रयोग गर्न सक्ने बेलायतका अध्यागमन मन्त्री रोबर्ट जेनरिकले बताएका हुन् ।

उनले दक्षिणपूर्वी र पूर्वी इङ्ल्यान्डका दुई पूर्व ‘रोयल एयर फोर्स’ शिविरमा पुनः स्थापित ब्यारेक भवन र पोर्टेबल भवनहरूमा ‘हजारौं’ शरण चाहनेहरूलाई राख्ने सरकारको योजना रहेको बताए ।


दक्षिणपूर्वी इङ्ल्यान्डको इस्ट ससेक्समा निजी जग्गामा छुट्टै स्थल पनि प्रयोग गरिने जेनरिकले बताए । सरकारले होटल आवासका लागि वार्षिक २ अर्ब पाउन्ड भन्दाबढीको बिल घटाउने उद्देश्यले ‘आप्रवासीहरूलाई पानीजहाजमा राख्ने सम्भावना’ पनि खोजी गरिरहेको उनले बताए ।

प्रधानमन्त्री ऋषि सुनकले च्यानलको अवैध क्रसिङ रोक्न आफ्नो प्राथमिकतामध्येको एउटा कार्यक्रम बताएका थिए ।

तर यी योजनाले परोपकारी संस्थाहरूको विरोधको सामना गर्नुपरेको छ, जसले आवासलाई ‘एकदम अपर्याप्त’ भनेका छन्, र लेबर पार्टीको छायागृहमन्त्री यवेट कूपरले प्रस्तावहरूलाई ‘असफलताको स्वीकारोक्ति’ भएको दावी गरेका छन् ।