तनहुँ-१ मा कांग्रेस उम्मेदवार नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई



काठमाडौँ । तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त भएको हो ।

चितवन–२ मा भने जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। अब बारा २ मा उम्मेदवार तोक्न बाँकी छ। बारा २ मा सत्ता गठबन्धनको जसपालाई समर्थन गर्ने कि उम्मेदवार बनाउने भन्नेबारे कांग्रेसभित्र छलफल जारी छ।

यी तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।