बालुवाटारमा दोस्रो चरणको छलफल : मन्त्रिमण्डल विस्तारमा जुट्ला सहमति ?



काठमाडौं । सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा पुनः सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गठबन्धनको बैठक बसेको हो । यसअघि आजै बिहान गठबन्धन दलको बैठक बसेको थियो । तर, बिहानको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

बुधबार केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी गरेका छन् । तर, गठबन्धनका नेताहरूबीच भागबन्डा अझै मिल्न सकेको छैन ।


प्रधानमन्त्री प्रचण्डले बुधबार साँझसम्म केही मन्त्री नियुक्ति गर्नेगरी साझेदार दलका नेताहरुसँग नाम मागेका छन् । शीर्ष नेताहरू संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति गर्ने गरी छलफल भइरहेको बताइएको छ ।