नेविसंघकी ज्योति पनेरु पद्म कन्याको स्ववियु सभापति निर्वाचित



काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेका हुन् ।

यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।