सिरहा क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानलै विजयी



जनकपुरधाम । सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

सभापतिमा दीपेन्द्र कुमार यादव, सचिवमा विवेक कुमार मण्डल र कोषाध्यक्षमा सुमिता कुमारी सिंह विजयी भएका हुन् । यस्तै सदस्यहरूमा चतुरानन्द यादव, कामेश्वर कुमार यादव, शम्भु कुमार यादव, पुनिता कुमारी शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन् ।


समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु एस र लोकतान्त्रिक विद्यार्थी संघबीच तालमेल भएको थियो । त्यहाँ नेविसंघ भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो ।