नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने



काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ हाललाई यथावत् राख्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।

बुधबार मात्रै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो । तर ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ । अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । निगमका अनुसार सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।