कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा



कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए ।