इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र खानका समर्थकबीच झडप



पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ ।

खानको निवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्।


भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दा तथा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा उनलाई गिरफ्तार गर्न लागिएको प्रहरी अधिकारीहरूले बताएका छन्।