आयोगद्वारा उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक



काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो राखिएको छ । उपराष्ट्रपतिका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवाद पार्टीका नेता रामसहायप्रसाद यादव र प्रमिला कुमारी र जनमत पार्टीका ममता झा उम्मेदवार छन् ।


प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएका कारण उनको नाम र फोटो पनि मतपत्रमा समेटिएको छ । तर उनले यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छन् ।