आगलागीबाट रौतहटमा एक बालिकाको मृत्यु



रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी ११ वर्षीया छोरी रजिया खातुनको मृत्यु भएको हो ।


प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।