अमेरिकी सैन्य हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटनाग्रस्त



अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

चालक दलका सदस्यको अवस्था अज्ञात छ । दुर्घटनाको अनुसन्धान भइरहेको छ । केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपतकालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताए ।