उपराष्ट्रपति पदका उमेदवार रामसहायको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौँ । नेपाली काँग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले यादवलाई मतदान गर्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । बैठकले जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति सदस्य यादवलाई समर्थन गर्दै पार्टीका सांसदहरुलाई उनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।


बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर– २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ ।