लुम्बिनी सरकारमा जसपा सहभागी, नवनियुक्त मन्त्रीको शपथ आज



लुम्बिनी । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तार गर्दै आइतबार जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन् । उनी बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित सांसद हुन् ।


भण्डारीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी पाएका एमालेका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्री अहिरले आज बिहान ११ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।