राष्ट्रपतिको सवारीका बेला सडकमा हिंडेको भन्दै ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीको लाठ्ठी



काठमाडौँ । ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा बाटोमा हिंडेको भन्दै ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि लाठ्ठी हानेका हुन् ।

अर्थोपेडिक तथा अंकोसर्जन डा. जेनिथमाथि प्रहरीले दुर्व्यवहार गरेको खबर पाएको ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए । प्रहरीले उनलाई वीर अस्पताल अगाडि कुटपिट गरेको हो । ट्रमा सेन्टरमा कार्यरत एक कर्मचारी पनि त्यसको पुष्टि गर्दै अस्पताल आउने क्रममा डा. जेनिथलाई कुटपिट गरेको बताए ।


‘डा. जेनिथ सिंह अस्पताल आउँदै हुनुहुन्थ्यो । राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेर प्रहरीले लठ्ठीले हानेका थिए । आइडी कार्ड देखाउँदा पनि प्रहरीले कुटपिट गरेको हो,’ ती कर्मचारीले भने ।