गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु



गुल्मी । गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए ।


नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा निज परियारको मृत्यु भएको हो । मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्र्याक्टरका सहचालक हुन् ।

ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको जनाएको छ ।