राप्रपा उपाध्यक्षमा उद्धव पौडेल मनोनीत



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्षमा उद्धव पौडेललाई मनोनीत गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका पौडेललाई उपाध्यक्षमा मनोनीत गरिएको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पौडेललाई बिहीबार उपाध्यक्ष पदमा मनोनीत गरेका हुन् ।


गत वैशाखमा राप्रपामा प्रवेश गरेका पौडेल त्यसअघि कमल थापा नेतृत्वको राप्रपा नेपालमा रहेका थिए ।