काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरे लगत्तै कांग्रेस वरिष्ठ नेता पौडेल उनलाई भेट्न पुगेका हुन् ।
एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए । आसन्न राष्ट्रपति उम्मेदवारका लागि कांग्रेसमा वरिष्ठ नेता पौडेलको नाम पनि चर्चामा छ ।