काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल र नामिबियाबीचको खेलको दोस्रो इनिङ भईरहेको छ । नेपालले २३ ओभरमा १ विकेट गुमाएर ११८ रन बनाएको छ । आसिफले ६९ बलमा १ छक्का र ६ चौक्कासँगै ५३ रन बनाएर खेलिरहेका छन् ।
त्यस्तै ज्ञानेन्द्र मल्ल ६४ बलमा २ छक्का ५ चौक्कासंगैै ५२ रन बनाएर खेलिरहेका छन् । कुशल भुर्तेल १ रन बनाएर आउट भएका छन् ।
टस जितर पहिला बलिङ गरेको नामिबियाले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएपछि घरेलु टोलीले जितको लागि २७५ रन बनाउनु पर्ने भएको छ । अहिले आसिफ सेख र ज्ञानेन्द्र मल्ल क्रिजमा छन् ।
नेपाली खेलाडीको हौसला बढाउन कीर्तितपुर क्रिकेट मैदान हजारौको संख्यामा नेपाली फ्यानहरु उपस्थित छन् ।