![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ ।
त्यसैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको छ । प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
अब निगमको १५ दिनको घाटा ५५ करोड हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)