आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग



काठमाडौँ । प्रतिनिधिसभामा आत्मदाहका घटना बढेका भन्दै उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकको शून्य समयमा सांसद सिंहले आत्मदाहको घटना बढ्नुमा सरकार पनि दोषी रहेको भन्दै यस्ता घटना न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘आत्मदाहका घटना बढेको देखिन्छ। के कारणले आत्मदाह भइरहेको छ, उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस्।’