सम्पादकीय : वीर सहिदहरु अमर रहुन् !



उत्तम गौडेल ।

त्यसो त पछिल्ला दिनहरुमा सहिद शव्दावलीको हुर्मत लिने क्रम बढ्दो छ । सहिद शव्दकै अपमान र अपव्याख्याका श्रृखलाहरु बढेका छन् । सहिद हुनुको अर्थ बुझ्ने र त्यसको गरिमा कायम गर्न समर्पित जनमनहरुको संख्या पनि घट्दो छ । किन की शहरमा अचेल सहिद शव्द एक राजनीतिक व्यापारको औजार, शक्ति वा सम्पति आर्जनको हतियार जस्तै बन्दै गएको छ ।
तथापि यो तीतो वर्तमान घरेलु यथार्थ वीच हरेक वर्ष नेपाली पात्रो अनुसार आउने माघ १६ को सहिद दिवस भने नेपाली मात्रका लागि त्याग, संघर्ष र बलिदानको एउटा ऐतिहासिक स्मरण हो ।


नागरिक रैतिबाट सार्वभौम अधिकार सम्पन्न भएको एउटा अन’पम दिन हो । पछिल्लो समय सहिद शव्दको मानमर्दन गरिएको भए पनि माघ १६ मा मनाईने सहिद दिवस खासमा नेपाली मात्रको गौरवको दिनाँक हो । २००७ सालमा तत्कालिन राजा र जनताको संयुक्त संघर्ष, त्याग र बलिदानबाट हिमालयको देश नेपालमा प्रजातन्त्रको बिहानी आएको हो । सगरमाथाको देशमा नागरिक सार्वभौम भएका हुन् । वुद्धको देशका जनता आफ्नो शासनका हकदार आफै हुन योग्य भएका हुन् ।

४ सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीको साहसिक शाहदतले नै नेपालमा पहिलो पटक प्रजातन्त्रको घाम उदाएको हो । देशका जनता अधिकार सम्पन्न भएका हुन् । भौगोलिक रुपमा एकीकृत राज्य जनताका अधिकार जनतालाई दिन राजी भएको दिन हो माघ १६ । यो फगत एउटा जनम्जयन्तीको दिन मात्र होईन ।

४ महान वीर सहिदहरुले हाँसी हाँसी फाँसीमा चढेकै कारण १०४ वर्षे जहाँनियाँ राणा शासनको पतन संभव भएको हो । देशमा जनताले आफूलाई शासन गर्ने शासक आफैं छान्ने संसारको सर्वस्वीकृत शासन प्रणालीको स्थापना भएको हो । देशमा सबै नागरिक बराबर अधिकारका हकदार भएका हुन्। देशले एकात्मक शासन व्यवस्थाबाट छुटकारा पाएको हो । जनताको अधिकार प्राप्तीको लडाईमा ४ वीर सहिदहरुले आफ्नो जीवन साटेका हुन् । मृत्युलाई जितेर ४ सहिदहरुले सबैभन्दा माथि देश र देशवासीको अधिकारको पक्कापक्की गरेका हुन् । ४ सहिदहरुको बलिदानको रक्तिम ईतिहाससंग आधुनिक नेपालको प्रजातान्त्रिक शासन व्यवस्थाको जग र जमिन तयार भएको हो ।

त्यसैले, सिंगो देशले महान ४ सहिदहरुले देखाएको बाटो हिड्न तम्तयार हुनु नै अहिले मनाउने सहिद दिवसको सार्थकता हो । सहिदका अधुरा सपनाहरु साकार पार्न सिंगो राज्य दत्तचित्त भएर लाग्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि साबित हुनेछ । उतिबेलाको जुगमा सहिदहरुले स्वाधिन देशका लागि, अधिकार सम्पन्न जनताको श’सासनका लागि, विकास र सम्वृद्धिका लागि जनताको शासन व्यवस्थाको पक्षमा जीवन उत्सर्ग गरेका हुन् । त्यसैले सहिद दिवस मनाईरहदा जो कसैले पनि राष्ट्रियताको रक्षाका खातिर, जनाधिकारको स’निश्चितताका लागि विकासका समान अवसरका लागि मन, वचन र कर्मले प्रतिज्ञा गर्दै सोही अनुसार हर कर्म सम्पन्न गरे सहिदहरुप्रति सच्चा श्रद्धाञ्जलि दिईएको साबित हुनेछ ।

कोही रहरले मर्दैन, वीर सहिदहरु रहर वा लहडमा जीवन धिक्कारेर मरेका थिएन्न । उनीहरुको जीवन त्यागले देशले असल सासनको मार्ग देखायो । पछिल्लो पुस्ताले त्यसलाई समयान’क’ल परिमार्जित र परिस्कृत गर्दै थप जनमुखी र देशभक्तिपूर्ण बनाउने अभिभारा पाएका छन । जो कोही शासकले वीर सहिदहरुको त्यही भावनालाई आत्मासात गरेर चिन्तन, व्यवहार गर्ने हो भने सहिद दिवस सार्थक हुनेछ ।

सहिद गेटमा गएर मृत सालिकमा ठडिएका ४ थान आकृतिलाई चढाईने पुष्पगुच्छा वा ओठेभक्ति र देखावटी समर्पण मात्रले सहिद दिवसको औचित्य र त्यसप्रति शासकहरुको ईमान्दारीको औचित्य प्रमाणित गर्दैन । देशलाई क’शासन, भ्रष्टाचार र जनतामारा नीति, व्यवहारबाट मुक्त गर्ने हो भने वीर सहिदहरु स्वयं स्वर्गमा पनि हाँस्नेछन, रमाउनेछन । सहिद दिवसलाई फगत एउटा वार्षिकी वा राजकीय औपचारिकतामा सीमित नगरी यसलाई काम व्यवहारमा देशभक्तिपूर्ण र जनमुखी बनाउन सरोकारवाला सबैमा सदवुद्धि पलाओस । वीर सहिदहरु अमर रहुन् । सहिद दिवस जिन्दावाद, जिन्दावाद ।