श्रममन्त्री अर्यालको प्रष्टीकरण- कुनै पनि मेनपावरमा मेरो लगानी छैन



काठमाडौँ । श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्यालले आफू मेनपावर व्यवसायी नभएको प्रष्टीकरण दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेका अर्यालमाथि विभिन्न प्रश्न उठेपछि उनले आफू मेनपावर व्यवसायी नभएको भन्दै प्रष्टीकरण दिएका हुन् ।

श्रममन्त्रीको शपथ लिएको भोलिपल्ट बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू सञ्चारमाध्यममा आएजस्तो कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दावी गरेका हुन् ।


उनले स्टाटसमा लेखेका छन्, ‘म यो देशको सामान्य नागरिक । अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै, आबद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ । तर, म्यानपावर कम्पनीमा म कहिले पनि छैन ।’ उनले देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता रहेकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नरहेको उनको भनाइ छ ।

‘गरिखाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो साथीहरुले एउटा कम्पनीमा सल्लाहकार राख्यौं है भनेर इन्टरनेसनल मार्केटिङ डाइरेक्टटरको पद लेखिदिए’ उनले भनेका छन्, ‘तर, हटाइदिन भुले । तर, त्यो कम्पनीमा न मेरो लगानी छ न संलग्नता, न सेयर, न स्यालरी । समाचार बनाउनेहरुले भन्दिनुस न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ?’

यस्तो छ उनको स्पष्टीकरण

म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै,आबद्द,संलग्न ,सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हु। म गाँउको सामान्य परिवारको मान्छे। थोरै थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामुहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे।देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै ब्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन। म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु,सहकारीमा छु, इटा उध्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेश कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल ब्यवशायमा छु, क्याटरिङ ब्यवशायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु। गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु।तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर ूइन्टर्नेशनल मार्केटिङ डाइरेक्टरू को पद लेखिदिए तर हटाईदिन भुले । तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी। समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियोरु मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन। वेबसाईटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणीत गर्दैनन्। तैपनि मेरो चुनौती छ, ल भन्नुस म बाट कहिले कुन–कुन गैरकानुनी काम भयो ? मन्त्रीका रुपमा काम गर्न जादा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक हो। म बाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैर कानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र गरिमा जान्दछु । समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्। नेपालको प्रेस ले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन्। बाइ द वे म तेल उद्योगमा पनि संलग्न थिए। खैर, जे होस्, मलाई प्रेस जगत सँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ। र मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा ऐतिहासिक कामहरु हुने छ्न्। कृपया अहिले जस्तै तपाईहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला। भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउला। यो मेरो वाचा र चुनौती भयो।यो लामो स्प्स्टोक्ति बाट आफुलाई स्वाद लागेको हेडलाईन हालेर ूपेल्नेू अधिकार याहाहरुलाई नै दिन्छु । म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु। हस्, अब काममा लाग्छु।