लुम्बिनीलाई टि-२० लिगको उपाधि



काठमाडौँ । लुम्बिनी अल स्टार्सले नेपाल टि २० लिगको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै पहिलो संस्करणको उपाधि जितको छ । जितसंगै लुम्बिनीले नगद ५५ लाख पुरस्कार पाएको छ । उपविजेता बनेको विराटनगरले भने ३० लाखमा चित्त बुझाएको छ ।

जितका लागि पाएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०९ रन मात्रै बनायो । उसका लागि अर्जुन साउदले ३४, पृथु बास्कोटाले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा उपविजेतामै चित्त बुझायो लुम्बिनीका हर्मित सिंह र सागर ढकालले दुई दुई विकेट हात पारे ।


त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९ दशमलव २ ओभरमा १३३ रनमा अलआउट भयो । जसमा लागि मिलन्थाले ४१, हरर्मीत सिंहले ३० रनको योगदान गरे ।