काठमाडौँ । राष्ट्रिय प्रजातन्न पार्टीको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
यसअघि सरकारलाई समर्थन गरिसकेको पार्टीको सोमबार साँझ संसद भवनमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका मुद्धा सरकारले समेटेपछि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।