माओवादीकाे पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

दिउँसो १२ बजे बस्ने बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचन, लगायत समसामयिक विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए ।


हिजो बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ ।

यसअघि आज स्थायी कमिटी बैठक बस्ने भनिए पनि बैठक भोलिलाई सरेको छ । गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको थियो ।