नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढीको अपहरण



नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट एके–४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेका छन् ।

इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे (स्थानीय समय) मा भएको थियो ।


एके–४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको रेल स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए ।

सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना बेपत्रा भएको बताएका छन् । अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धार कार्य अगाडि बढाइएको नेहिखरेले जनाएका छन् ।