एभियन इन्फ्लुएन्जाको त्रास बढेपछि जापानमा एक करोड चरा नष्ट



एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ ।

टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ ।


जापानका ४७ मध्ये २३ प्रिफेक्चरमा सोमबारसम्म ५६ वटा एभियन इन्फ्लुएन्जाका घटना पुष्टि भएको जापान टाइम्सले जनाएको छ ।