नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता



उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् ।

केब्बी राज्यको कोको/बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ।


विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त र्गेका छन् । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गरेका छन् ।

राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।