कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने



काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले  प्रतिनिधिसभाकी सदस्य ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । न्यौपानेले पनि आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताएकी छन् ।


कांग्रेसले सभामुखको विषयमा प्रतिपक्षमा रहेका दलहरुसँग पनि छलफल गरिरहेको छ । छलफल सकिएपछि उम्मेदवारी दिने तयारी रहेको छ ।

सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरिसकेका छन् । सभामुखका लागि मनोनयन दर्ता गर्न दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।