यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा पुगेको छ।


यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८७ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?