चोलेन्द्रलाई रोक्न सर्वोच्चको गेटमै बारको धर्ना



काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना सुरु गरेको छ ।

जबरालाई रोक्न बारका पदाधिकारीसहित कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको रक्षाका लागि गेटमा धर्नामा बसेको बताए ।


आजै बारको आकस्मिक बैठक बसेर जबराविरुद्ध आन्दोलनका पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको उनले जानकारी दिए ।