चुनावपछि आज पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौँ । निर्वाचनको समीक्षा गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।


यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ।