एमालेकी पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा-२ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित



स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेकी सचिव पद्मा अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् ।

गुरुङले ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराएका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।