वीरगंज । नेकपा (एमाले) का नेता राजकुमार गुप्ता दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । विसं २०७० को दोस्रो संविधानसभाको सदस्य बनेका उनी यसपटक सङ्घीय संसद्, प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका हुन् ।
गुप्ता २४ हजार दुई सय ६० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याए । उनहरु बीचमा एक सय ५१ मतान्तर रहेको छ ।