कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी



महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद ६ हजार चार सय ५५ मतान्तरले विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार साउद २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।


उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार छ सय ४५ मात प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गरे ।