सिरहा–३ मा एमालेका लीलानाथ श्रेष्ठ विजयी



सिरहा । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १८२ मतले पराजित गर्दै श्रेष्ठले बाजी मारेका हुन् ।

माओवादीका श्रेष्ठले २८ हजार ६४ मत पाएर विजयी हुँदा साहले २६ हजार ८८२ मत ल्याए । सिराहा ३ मा एमालेका श्रेष्ठलाई जसपा नेपालको समर्थन थियो । ०७४ मा विजयी भएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानून मन्त्री बनेका थिए ।