पाल्पा-२ बाट एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित



पाल्पा । पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । 

उनले नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका छन् ।गैरेले २७ हजार ८१७ मत ल्याए भने पाण्डेयले २३ हजार ८५१ मत ल्याएका छन् ।


यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५१५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५०१ मत पाएका छन् ।