सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसकी मसिना खड्का विजयी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएकी छन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन् ।

खड्काले १४ हजार छ सय ५२ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याएका छन् । एक हजार एक सय ६२ मतले खड्काले निर्वाचन जितेकाे जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।