रुपन्देहीमा श्रीमान्–श्रीमती घरभित्र मृत फेला



रुपन्देही  । रुपन्देहीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको देवदह नगरपालिका–५ स्थित पाल्पाली टोलको एक घरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कतारबाट छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी ३२ वर्षीया श्रीमती हेमकला जोल्मी मगर घरभित्र मृत फेला परेका हुन् ।


हेमकलाको शव तन्नाले बेरिएको र बोलिन्द्रको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेकाले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।