मोरङ–४ : प्रदेशसभा (१) मा एमाले विजयी



मोरङ । मोरङ–४ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उनले चार सय छ मतान्तरले विजयी भएका छन् ।

चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले १५ हजार ५८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण माझी थारुले तीन हजार ९नौ सय ३५ मत प्राप्त गरेका छन् ।