तनहुँ–१ (१) मा कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी



तनहुँ । तनहुँ–१ प्रदेश (१) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनी प्रतिस्पर्धीभन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ४५ मत प्राप्त गरेका छन्


। यो प्रदेशमा ३६ हजार चार सय ३१ मत खसेको थियो । उक्त प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ । नवनिर्वाचित श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।