झापा–५ (१) बाट एमालेका कार्की निर्वाचित



झापा । झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गरेका हुन् ।

कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गरे । कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।