सुर्खेत–१ प्रदेशसभा (२) मा माओवादीका जिसी विजयी



सुर्खेत । सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (२) नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कृष्णबहादुर जिसी विजयी भएका छन् । जिसी २१ हजार सात सय ३४ मत ल्याएर विजयी भएका हुन् ।

जिसी चार हजार एक सय ९६ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का डण्डीप्रसाद शर्माले १७ हजार पाँच सय ३८ मत ल्याएका छन् ।


राप्रपाका मानबहादुर खरालले एक हजार चार सय ८३, स्वतन्त्र उम्मेदवार दीपेन्द्रनाथ योगीले चार सय ५१, जनता समाजवादी पार्टीका कृपाराम बस्नेतले तीन सय ५७, राष्ट्रिय जनमोर्चाका मोहन थापाले तीन सय २८, नेपाल मजदुर किसान पार्टीका मनकली रामजालीले ६३ मत र स्वतन्त्र उम्मेदवार देवबहादुर चन्दले नौ मत प्राप्त गरेका छन् ।